नेपालगञ्जमा थप १ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १ सय २ पुग्यो पुग्यो

काठमाडौं,
वैशाख २६ ।

नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा शुक्रबार एकजनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जका १६ वर्षीय किशोरमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २ पुग्यो पुगेको छ । हाल देशभरका विभिन्‍न अस्पतालमा ७२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

शुक्रबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् । ५ जना १७ औँ दिनको उपचारपछि र ३ जना १६ औँ दिनपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै निको हुनेको सङ्ख्या ३० जना पुगेको छ ।

शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १५ हजार ४ सय ९२ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म आइसोलेसनमा देशभरी १ सय ३५ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन् । क्वारेन्टाइनमा १५ हजार ६ सय २४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार