तरुण दल रसुवाद्वारा बालाजुस्थित माछा पोखरीमा २५सयलाई खाना

काठमाडौं,
वैशाख २५ ।

कोरोना भाइरसका कारण डेड महिनादेखि लकडाउनबाट प्रभावित बनेकाहरुलाई राजधानीको बालाजुस्थित माछापोखरीमा वैशाख १६ गतेदेखी २५ गतेसम्म १० दिन नेपाली काँग्रेसको भातृ सस्था नेपाल तरुण दल रसुवाले निःशुल्क खाना खुवाएको छ । तरुण दल रसुवाका अध्यक्ष डीलबहादुर मोक्तानको नेतृत्वमा चैत्र १६ गतेदेखि खाना खुवाउन थालिएको हो ।

दैनिक दुईसय ८० मजदुर, असाहय र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको र हालसम्म २५ सय जना लाई खुवाइसकेको नेपाली काँग्रेस रसुवाका नेता कुमार देवकोटाले जानकारी गराए ।

दैनिक खाना बनाउन तरुण दलका स्वयंसेवकहरु बिहानै बालाजु माछापोखरी पुग्छन । बालाजु माछापोखरी स्थित बर्गर हाउसका सञ्चालक एवम् तरुण दलका नेता खेसम तामाङ उक्त काममा निरन्तर लागिरहेका छन् ।

निःशुल्क खाना खुवाउने अभियानमा रसुवा काँग्रेस नेता कुमार देवकोटा नेबिसंघ अध्यक्ष शशी अधिकारी, तरुण दल नेताहरु खेशम तामाङ, अनिल लामा, रितु ग्यामदाङलगायतको सक्रियता रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार