काठमाडौं,
वैशाख २४ ।
कोरोना भाइरसको सङ्क्रमण भएर निको भएका तीन जनामा पुनः कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फलोअप चेकजाँचका क्रममा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको बताए ।
यसरी पुनः सङ्क्रमण भेटएका काठमाडौंका ५८ वर्षीय पुरुषलाई पाटन अस्पताल ललितपुर र रौतहटका १९ वर्षीय तथा पर्साका ४४ वर्षीय पुरुषलाई नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ ।






