राष्ट्रपतिद्वार संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं,
वैशाख २१ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था सरकारले मिलाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार