थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ५४ पुग्यो

काठमाडौं,
वैशाख १६ ।

थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका दुई जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा रौतहटमा दुई जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिनेमा ५४ पुगेका छन् भने १६ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार