ललितपुर,
चैत २७ ।
ललितपुर उद्योग वाणिज्य सङ्घले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानिय सरकारलाई खाद्यान्न उपलव्ध गराइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण नेपाल सरकारले आममानिसमा रोग सर्नबाट बचाउन ‘लकडाउन’ घोषणा गरे पश्चात मानिसहरु सार्वजनिक रुपमा दैनिक मजदुरी नपाएर खाद्यान्नको अभावले भोकै बस्न नपरोस भन्ने हेतुले ललितपुर महानगरपालिकालाई २ टन चामल र १ सय केजी दाल, महालक्ष्मी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल यस्तै गोदावरी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल उपलव्ध गराइएको हो ।

ललितपुर उद्योग वाणिज्य सङ्घले उपलव्ध गराईएको उपरोत्त खाद्यान्न तीनै वटा स्थानिय सरकारले आफ्नो क्षेत्रमा रहेका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गरिनेछ ।






