काठमाडौं,
चैत २६ ।
अहिले संसारमा नै कोरोना भाइरस (कोभिड– १९)ले मानव जनजीवन अस्तब्यस्त वनाइदिएको छ । हजारौं मान्छेहरुको मृत्यु र लाखौ मानिस यस महामारीवाट संक्रमीत छन् ।
संसारभरका तीनै सवै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतुले लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको ‘तिमी जन जनमा’ वोलको गीत सार्वजनिक गरिएको छ । वुनु श्रेष्ठ र विश्व नेपालीको स्वर रहेको गीतलाई नरेश प्रधानले रचना गरेका हुन ।
स्टुडियो साउन्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक गरिएको गीतमा सङ्गीत संयोजन देवेन्द्र नेवा, ध्वनी मुद्रण÷मिश्रण महेश्वरमान राजभण्डारी र दृश्य मिश्रण विरेन्द्र भाट ‘विपिनको रहेको छ ।






