प्रदेश १ मा कोरोना भाइरस संक्रमणको आशङ्का गरिएका नागरिकको पहिचानमा जुटन मुख्यमन्त्रीको निर्देशन

विराटनगर,
चैत १८ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशङ्का गरिएका नागरिकको पहिचानमा जुटन प्रदेशका सबै स्थानीयतहलाई निर्देशन दिएका छन् ।

मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीयतह सम्पर्क, समन्वय, प्रचार प्रसार तथाजनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको आशंका भएका सबै व्यक्तिको पहिचान गर्न सबै स्थानीयतह लाई निर्देशन दिएका हुन् । उनले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्याङ्क सङ्कलन गर्न आग्रह गरे ।

प्रदेश नं १ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्ष समेत रहेका मुख्यमन्त्री राईले कोरोनाको रोकथाम का लागि स्थानीयतहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउँदै विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र गर्भवतीहरु, अपाङ्गता भएकाहरु र दैनिक ज्यालादारीमा काम गर्नेहरुको विवरण सङ्कलन गर्न आग्रह गरे । उनले विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई स्थानीयतहले राहत दिन र स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने समेत बताए ।

बैठकले कोरोना भइरसको विरुद्ध लडन स्थानीय पालिकाहरुको नेतृत्वमा स्थानीयतहमा विभिन्न समिति निमार्ण गर्ने, प्रदेशका सबै स्थानीयतहको तथ्याङ्क सङ्कलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीयतहले तथ्याङ्कहरु दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउँने, स्थानीय पालिकाहरुसँग नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिहरुले समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।

‘लकडाउन’को अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन गरेको छ । समतिको सदस्यमा राज्य मन्त्रीहरु, विपक्षी दलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायधिवक्ता र मुख्य मन्त्रीका आर्थिक सल्लाहाकार रहेका छन् ।

कोरोना सम्बन्धि तत्कालको नागरिकलाई राहत, उद्वार गर्नुपर्ने वा उजुरी, गुनासो र सुझाव भएप्रदेश सरकारले स्थापना गरेको कोरोेना सूचना डेस्कमा र मोवाइल एप्लिकेशन मार्फत जानकारी दिन समेत बैठकले सबैलाई अपिल गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार