काठमाडौं,
चैत १४ ।
चौथो कोरोनाभाइरस संक्रमित धनगढीमा भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार धनगढीका ३४ वर्षिया पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत चैत्र ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका उनी दुबइबाट नेपाल आएका हुन् ।
यो सँगै नेपालमा कोरोनाको सक्रमितको सङ्ख्या ४ पुगेको छ । जसमध्य १ जना निको भई घर फर्किएका छन भने २ जनाको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् ।






