काठमाडौं,
चैत १३ ।
ज्ञान घिसिङ र दीपा लामको स्वरमा रहेको गीत ‘शितल चौतारी’ सार्वजनिक भएको छ । गायक घिसिङकै शब्द, ओम सुनारको सङ्गीत र राजु कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिव विकको निर्देशन र सागर लामा ‘गोले’/माधव श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक घिसिङ र रक्षा श्रेष्ठ फिचर्ड छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई पवन सुवेदीले सम्पादन गरेका हुन् ।
अमेरिकामा रहेका गायक घिसिङले हालै मात्र राजधानीमा एक कार्यक्रम गरेर आफ्नो पहिलो डेब्यु एल्वम ‘सम्भव’ सार्वजनिक गरेका थिए । उनको ‘सम्भव’मा ६ वटा गीत सङ्ग्रहित छन् । ६ वटा गीत मध्य ४ वटा गीतमा स्वयम् गायक घिसिङको स्वर र सङ्गीतमा रहेको छन् । ४ वटा युगल गीत रहेको एल्वममा गायक घिसिङलाई निर्मला घिसिङ, मेलिना राई र दीपा लामाले स्वरमा साथ दिएका छन् ।






