वर्षाको सम्भावना

काठमाडौं,
चैत १२ ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गदै हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको मध्य र पूर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भ-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पूर्वी पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार