धादिङ,
चैत ११ ।
नेपाली काँग्रेसका लोकप्रिय युवा नेता तथा महासमिति सदस्य, समाजसेवी मदुकुमार श्रेष्ठले धादिङ क्षेत्र न १ प्रदेश सभा (क)मा करिब २०,००० (बिस हजार) मास्क र साबुन निःशुल्क वितरण गरेका छन् । कोरोना भाइरसले विश्वभर महामारीको रुप लिईरहदा उक्त भाइरसको संक्रमणबाट बच्न जनचेतना फैलाउदै नेता श्रेष्ठ आफ्नो क्षेत्रका जनता समक्ष गाउँ-गाउँ पुगेका हुन् ।






