फोन गर्दा कोरोनाबाट बच्ने सन्देश

काठमाडौं,
चैत ७ ।

नेपाल टेलिकमले ‘कोभिड-१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले बिहीबारबाट जिएसएम मोबाइल नम्बरमा फोन गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ।

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सन्देश सामग्री प्रचारप्रसार गरिएको कम्पनीले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो ।

यसमा तपाइको मत

अन्य समाचार