काठमाडौं,
चैत ६ ।
सन्नी रौनियारको स्वरमा रहेको गीत ‘खुल्ला आकाश’ स्रोता-दर्शकमाझ आएको छ । विजय सिवाकोटीको शब्द, राजु सिंहको संगीत निर्देशन र गोपाल रसाइलीको एरेञ्ज रहेको गीतको भिडियो स्रोता-दर्शकमाझ आएको हो ।
भुषण दाहालको निर्देशन रहेको गीतको भिडियोमा सन्नी स्वयंमलाई देख्न सकिन्छ। जीवन रिजालको छायांकन रहेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।
गीत जति राम्रो छ गीतको पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता-दर्शकमाझ आएको छ पक्कै पनि सबैले मन पराउनुहुने छ’, संगीतका राजु सिंहले भने ।






