हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं,
फागुन ३० ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा आज केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको छ । त्यस्तै केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको उल्लेख गरिएको छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ ।

यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ । पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै, पूर्वानुमानका अनुसार राति भने देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ ।

यससँगै पश्चिमी भू-भागलगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसमा तपाइको मत

अन्य समाचार