काठमाडौं,
फागुन २० ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज रातीबाट उनको राज्यसभा सांसदको पदावधि सकिने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
खतिवडा राज्य सभामा राष्ट्रपतिबाट मनोनित हुने कोटामा सांसद भएका थिए । चिठ्ठा तान्दा उनको कार्यकाल दुई वर्षको तय भएको थियो । दुई वर्षे कार्यकाल मंगलबार राती सकिने भएको हो । डा. खतिवडाले हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हाल्दै आएका थिए ।
मंगलबार पदबाट राजीनामा दिएका डा. खतिवडालाई पुन: मन्त्रीमा नियुक्त गर्ने तयारी भएको जनाइएको छ ।






