काठमाडौं,
फागुन १९ ।
कौरा गीत ‘बाँचपुरे कान्छा’ सार्वजनिक भएको छ । गायक हेमन्त गुरुङ र गायिका सिता थापाको स्वरमा रहेको गीत ‘बाँचपुरे कान्छा’को भिडियो सार्वजनिक भएको हो ।
सामाजिक परम्परा र रहन सस्कृतिलाई आधार बनाएर निमार्ण गरिएको गीतमा पश्चिम नेपालको सस्कार र सस्कृति भेटन सकिन्छ । हेमन्त गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन तथा सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा निर आले र स्मृती मगरको अभिनय रहेको छ ।






