काठमाडौं,
फागुन ११ ।
गायक तथा सङ्गीतकार माधब भण्डारीको नयाँ गीत ‘फूल धयरी’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक माधब भण्डारी, गायिका मिनेश घतानी र सान्तीश्री परियारको स्वर रहेको छ । त्यस्तै लय एरेन्ज गायक तथा सङ्गीतकार माधव भण्डारीको रहेको छ । शब्द रमेश बिजीको रहेको छ ।
शिव बिकको निर्देशन रहेको सो गीतको भिडियोमा लोमस शर्मा, अर्जुन, अस्मिता, समिक्षा, भिम केसी र सन्तोष मगरातीको अभिनय रहेको छ । गायक भण्डारी २०७३ सालमा सडक दुर्घटना परे पछिको पहिलो गीत बजारमा आएको हो । गीतलाई दर्शक स्रोताले माया गर्नेमा उनी ढुकक छन् । ‘विगतका गीतहरु जस्तै यस गीतलाई पनि माया गरिदिनुहुनेछ’, उनी भन्छन ।






