काठमाडौं,
फागुन ७ ।
अर्जुनकुमार बुढाथोकीको स्वरमा रहेको गीत ‘चिसो हावा सरर’ सार्वजनिक भएको छ । गोविन्दप्रसाद उपाध्ययको शब्द तथा विक्रम थापाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेमी प्रेमीका बीचको माया र स्नेहलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको गीतको भिडियोमा टुकमान विक गोपालको छायाँकन, दिनेश मुस्कानको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा दिनेश मुस्कान र तृप्ती श्रेष्ठलाई फिचरिङ गरिएको छ ।






