काठमाडौं,
फागुन ५ ।
मौसम पूर्वानुमान महाशाखाले महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केही स्थानमा तुवालो लागेको छ ।
पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी र मध्यका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।






