‘रातो टालो’को प्रिमियर

काठमाडौं,
फागुन ४ ।

गीतिकथा ‘रातो टालो’को प्रिमियर गरिएको छ । हुम्ला जिल्लामा ५० वर्षअघिको अन्तरजातीय प्रेमकथामा आधारित गीतिकथा ‘रातो टालो’को काठमाडौंमा प्रिमियर गरिएको हो । रातो टालो प्रोडक्सनले निर्माण गरेको गीति कथामा जातीय विभेद, रहनसहन, भेषभुषा, चाडवाड, रीतिरिवाज लगायतलाई देखाइएको छ ।

हुम्लाको छिप्रा, कारङ, रानीवन र दोजामखोलामा छायाँकन गरिएको गीति कथा खस भाषामा तयार पारिएको हो । हुम्लाको सदरमुकाम सिमीकोटदेखि तीन दिन पैदल हिडेपछि दोजामखोला पुग्न सकिन्छ ।

डाइमण्ड उप्रेतीले निर्देशन गरेको गीति कथामा आश्मा पोखरेलले सहनिर्देशन गरेका छन् । शब्द, सङ्गीत, कथा र गायन जगदिश हमालको रहेको छ । गीति कथामा सूर्यबहादुर शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ सोनाम लामा र सदीक्षा रोकायाको अभिनय छ । गीति कथामा इतिशा पोखरेल र अविनाश लामाको छायाँकन छ ।

छिप्रामा जन्मिएका जगदिशले हुम्लाको वास्तविक तस्वीरलाई धेरैका माझ लैजानका लागि गीति कथा तयार पारेको र प्रिमियर सोबाट राम्रो प्रतिक्रिया पाएको बताए ।

यसमा तपाइको मत

अन्य समाचार