कविताः
सहि र गलत
- डा. डीआर उपाध्याय
आकाश र धर्ती कता कता
जोडिएको देखिए जस्तै
पछिल्ला बीस बर्षदेखि हामी घनिष्ट मित्र हौं
तर हामीबीच शून्य छ
उसले अरुसँग अनेकौं धक्कु लगाए पनि
मसँँग फिक्का हाँसो हाँस्दै भन्छ
भावीले सबैको बुद्धि भुटेरै
मोज गर्न तोकेको छ
सायद त्यसैले होला
पचास हजारमा बन्ने कामको
मैले दस लाख असुल्दा पनि
मलाइ कुनै पाप लागेको छैन
फलिफाप नै भइ रहेको छ
तीस हजार मासिकको
फ्लैटमा बसेको छ ऊ
आफ्नी सोखिन पत्नी
यसोआराम चाहने छोरा छोरीसँग दिनलाई रात
र,
रातलाई दिन बनाउने कलामा माहिर छ ऊ
एक क्षणमै बिस्वास जित्छ उसले जो सुकैको
ईष्र्याले मेरो मस्तिष्क लाई
उसको आलोचना गर्न उक्साएको त होईन
युग अनुसार हिडन न जानेर,
म पछाडि परेको त होईन
यो तर्कमा पनि दम छ
सही र गलत छुटयाउनको लागि ।।






