‘केरा काँचो काँचो…’ भन्दै आए उज्जवल (भिडियोसहित)

काठमाडौं,
फागुन २ ।

इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तथा हास्य कलाकार उज्जवल गिरीको स्वरमा रहेको गीत ‘केरा काँचो काँचो…’ सार्वजनिक भएको छ । उज्जवल गिरी कै शब्द, नन्दु परियारको सङ्गीत तथा पवन परियारको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा यान्सु श्रेष्ठ, समुन्द्र वाग्ले र उज्जवल गिरीलाई फिचरिङ गरिएको छ ।  अजय रेग्मिको छायाँकन रहेको भिडियोलाई निर्देशक क्रान्ति केशीको नै सम्पादन रहेको छ ।

गीत आँफैमा सुमधुर र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछिल्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भइरहेका छन ।

यसमा तपाइको मत

अन्य समाचार