काठमाडौं,
माघ २९ ।
प्रणय दिवसलाई लक्षित गर्दै चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालका अब्बल प्रतियोगी, गायक मधु लामाले ‘जाउँन सरर…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । डी पी खनालको शब्द र मनोज थापामगरको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियोमा मनोज थापामगर र रक्षा बस्नेतको अभिनय रहेको छ ।
अनिल कटुवालको सिनेमाटोग्राफी, बिजेश पौडेलको सम्पादन रहेको भिडियोमा मधु लामाको निर्देशन रहेको छ । दुई प्रेमीको प्रेमभाब प्रस्तुत गरिएको गीतको भिडियोलाई चितवन, सिन्धुली, सुनकोशी र काठमाडौं लगायतको ठाउँमा छायाँकन गरिएको छ । गीतको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।






