काठमाडौं,
माघ २८ ।
नेपाल प्रहरीको २७औं महानिरीक्षकममा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले वरीयतामा सबैभन्दा माथि रहेका ठाकुर ज्ञवालीलाई नै नेपाल प्रहरीको २७ औं महानिरीक्षक नियुक्त गरेको हो । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाँधिकोट गाविसमा जन्मीएका हुन ठाकुर । ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।
ठाकुरले यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । ठाकुर २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनी सङ्गठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् ।






