धनकुटा,
माघ १५ ।
अन्तर्राष्ट्रिय हरियाली मञ्चले धनकुटाको पाख्रिबासमा एक कार्यक्रमकाबीच २१ बिपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । अन्तराष्ट्रिय हरियाली मञ्चका केन्द्रीय अध्यक्ष शुलोचना गुरुङका अनुसार २१ घरका बिपन्न परिवारहरुलाई १४० वटा न्यानो कपडा सहित २१ वटा कम्बल वितरण गरिएको हो ।

तीन बर्ष अगाडि स्थापना भएको यो संस्थाले देश तथा विदेशमा यस्तै किसिमको सामाजिक कार्यहरु गर्दै आएको छ । राहत वितरण कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष शुलोचना गुरुङ, सीता राना, मञ्चका सद्भावना दुत बिशाल राई र अन्तर्राष्ट्रिय हरियाली मञ्च धनकुटा शाखाका सदस्यहरुको सहभागी रहेको थियो ।






