लक्ष्मण र सिर्जनाको स्वरमा ‘मायालु रापाकोट’ (भिडियोसहित)

काठमाडौं,
माघ ९ ।

लक्ष्मण चापागाईं र सिर्जना सुवेदीको स्वरमा रहेको लोकदोहोरी गीत ‘मायालु रापाकोट’ सार्वजनिक भएको छ । गायक चापागाईंकै लय तथा शब्द र अर्जुनकुमार पोखरेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=QwO7Gywa0tI&feature=emb_logo

सुर संगीत डिजिटलमा रेकर्ड गरिएको यस गीतमा सन्तोष पौडेलको अडियो मिक्सिङ रहेको छ । सन्तोष भुजेलले निर्देशन गरेको गीतको भिडियोमा गायक चापागाईंसँगै लक्ष्मण भुसाल, खुशी रामदाम, प्रतिसा लामा, देवेन्द्र सिलवाल, आरती सुवेदी, सन्तोषी सुवेदी, ईश्वरी चापागाई, निरु चापागाई, अतीक्षा ज्ञवाली, संवृद्धि खनाल, सबिता अर्याल, रश्मी अर्याल, दीपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङलगायतका कलाकारको अभिनय छ । भिडियोमा सागर गौतमको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ ।

नेपाल पर्यटन वर्ष २०२० लक्षित गरी तयार पारिएको उक्त रोइला भाकामा गाइएको उक्त गीतमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेका पर्यटकीय, सांस्कृतिक तथा धार्मिक स्थललाई चिनाउने काम गरेको गायक चापागाईंले बताए । उनले पश्चिम नेपालमा मौलिक संस्कृतिका रुपमा प्रचलनमा रहेको लोकभाकालाई भूगोल, संस्कृति, धर्म तथा पर्यटनसँग जोडेको जिकिर गरे ।

यसमा तपाइको मत

अन्य समाचार