यस्तो आयो ‘लभ डायरीज’को ट्रेलर

काठमाडौं,
माघ ७ ।

सौरभ चौधरीको निर्देशन रहको चलचित्र ‘लभ डायरीज’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कलाकार अभिनेता सुशिल श्रेष्ठ र नवअभिनेत्री रुविना थापाको माया प्रेम, रोमान्स र विछोड देखाईएको छ । यी दुईले बोकेका संवादलाई ट्रेलरमा स्थान दिईएको छ।  मधु बास्तोलाको कथा तथा पटकथा रहेको यो चलचित्रमा विनोद सापकोटाको लगानी रहेको छ ।

चलचित्रमा संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको सङ्गीत तथा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा सुशिल र रुविनाका अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।

यसमा तपाइको मत

अन्य समाचार