डिबीको ‘नियत’ सार्वजनिक

काठमाडौं,
पुष २९ ।

लामो समयदेखि सिने पत्रकारितामा कलम चलाएका डिबी खड्काको पुस्तक ‘नियत’ सार्वजनिक भएको छ । सिने क्षेत्रको महिला माथिको नियतमा आधारित पुस्तक अभिनेत्रीद्वय रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा, सम्पादक नारायण अमृत र अमर खड्काले सार्वजनिक गरेका हुन् ।

पुस्तक विमोचन समारोहमा तीन अभिनेत्रीबीच ‘नियत’लाई लिएर अन्तरक्रिया पनि गरिएको थियो । पत्रकार दीपज्योती थापाको प्रश्नमा रेखा, स्वस्तिमा र लक्ष्मीले बहस गरेका थिए ।

पुस्तकमाथि बोल्दै रेखाले ‘नियत’बाट आफू प्रभावित भएको बताइन । सिनेमाक्षेत्रमा महिलालाई हेरिने नियतलाई डिबीले राम्रोसँग पुस्तकमा उतारेको बताइन ।

यस्तै स्वस्तिमा खड्काले पनि किताबले आफुलाई छोएको बताइन । कहिल्यै किताब नपढ्ने बानी भएपनि यसपटक आफुले ‘नियत’ पढेको र सिरियस व्यक्तिसँग काम गरिरहेकाले यस्तो खालको नियती भोग्नु नपरेको बताइन । अभिनेत्री लक्ष्मी वर्देवाले पुस्तकको वास्तविकताले आफूलाई प्रभावित तुल्याएको बताइन ।

यसमा तपाइको मत

अन्य समाचार