अष्ट्रेलियामा जारी आगलागी ‘बुसफायर’ नियन्त्रण र पीडितहरुको सहयोगको लागि योग बिज्ञान शिविर

काठमाडौं,
पुष २९ ।

‘अष्ट्रेलियाको लागि म योग, ध्यान गर्छु’ भन्ने नाराका साथ १२ जनवरी आईतबार अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेल्बर्न शहरको लेलोर हस्किसन पार्कमा योगी मधुसुदन भेटुवलद्वारा एक दिवशिय योगबिज्ञान शिबिर सम्पन्न गरेकोे छ । अष्ट्रेलियामा जारी आगलागी ‘बुसफायर’ नियन्त्रण र पीडितहरुको सहयोगको लागि योग बिज्ञान शिविर आयोजना गरिएको हो ।

मानसिक र शारीरिक स्वस्थ्य रही भौतिक प्रगति र आध्यात्मिक उन्नती गर्दै सेवाको भावना जगाउँन योगमा जोडिन आवश्यक रहेको र ब्राह्मणको श्रृस्टिसँगै योग पनि बिक्षित भएकोे योगी मधुसुदनको भनाई छ । योग शिविरमा नौ सय अस्ट्रेलियन डलर सङ्कलन भएकोे र बैङ्क मार्फत छ सय गरी हालसम्म अस्ट्रेलियन पन्ध्र सय डलर सङ्कलन भई सकेको र बैंकमार्फत सहयोग उठ्ने क्रम जारी रहेको योगी भेटवालले बताए ।

केही दिन पछि उक्त सङ्कलित सहयोग रकम कन्ट्री फायर अथोरिटी (CFA) लाई हस्तान्तरण गरिने छ । साथी अष्ट्रेलिया र नेप्लिज नेवरहुड कम्युनिटीको सहकर्यमा सामाजिक अभियन्ता तथा योगभ्यसि रोशनि श्रेष्ठ र अर्की सामाजिक अभियन्ता एवम् नेप्लिज नेवरहुड कमिनिटीकी संयोजक अमृता गुरुङको पहलमा उक्त योगबिज्ञान शिविर सम्पन्न भएकोे थियो ।

शिविरको मुख्य उद्देश्य आगलागी पीडितहरुको सहयोगार्थ आर्थिक सङ्कलन रहेकाले शिविरमा अष्ट्रेलियालाई कर्मथलो बनाएर बस्नुभएका तथा अष्ट्रेलिया घुम्न आउँनु भएकाहरुको उलेख्य सहभागीता रहेको थियो । नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान गाएर शिविर शुरु भएकोे थियो ।

यसमा तपाइको मत

अन्य समाचार