पर्यटन सद्भावनादुत छिरीङ डोल्मा शेर्पा स्वदेश फिर्ता

काठमाडौं,
पुष २८ ।

नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावनादुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा आफ्नो तीन महिने पर्यटन भ्रमण सकेर स्वदेश फर्केकी छिन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्षेका लागि पर्यटन सद्भावनादूत नियूक्तसँगै भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले उनी पर्यटन प्रबद्र्धन तथा प्रचार प्रसारको लागि अमेरिका गएकी थिइन् ।

उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गरेकी थिइन् । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाएको बेला उनले अमेरिकामा रहेर नेपालका कला संस्कृति, भेष भुषा, सम्पदा, प्राकृतिक बिबिधताको बारेमा जानकारी गराएकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार