राष्ट्रिय नाचघरमा ‘थेत्लङ’को बिशेष शो प्रदर्शन

काठमाडौं,
पुष २७ ।

लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’को पुस २६ गते शनिबार काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा बिशेष शो प्रदर्शन गरिएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भईरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बु होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा र संवाद गरेका छन् ।

सिक्किमको बिभिन्न स्थानमा छायाँकन गरिएकोे चलचित्रमा बिशाल सेनेहाङ, दिब्या सुब्बा, संगीता सम्बाहाम्फे, सर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बालगायतले अभिनय गरेका छन ।

सिक्किममा बसोबास गर्ने लिम्बु जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, संगीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पबिन आङ्देम्बे, निर्देशन किशोर सुब्बाको रहेको छ ।

मनि ताम्लिङ् र बिराज लिम्बूले निर्माण गरेको उक्त चलचित्र हेर्न सिक्किमबाट पनि कलाकारहरुको उपस्थिति रहेको कुरा सेवारो मल्टिमिडिया प्रा.लि.का अध्यक्ष शैलेन्द्र थेवेले बताए ।

यसमा तपाइको मत

अन्य समाचार