काठमाडौं,
पुष २५ ।
युनिर्भसल पीस फेडेरेसन नेपालको निमन्त्रणमा अन्तर्राष्ट्रिय बुद्ध शिक्षा केन्द्र म्यानमारका प्रमुख राष्ट्रिय भिक्षु डा. सोमिताको नेतृतवमा २१ सदस्सीय टोली नेपाल आईपुगेको छ । शुक्रबार युनिर्भसल पीस फडेरेसनले नक्सालमा एक कार्यक्रम गरी उनीहरुलाई स्वागत गरिएको छ । कार्यक्रम पछि बोल्दै भिक्षु डा. सोमिताले नेपाल र म्यानमारको सम्बन्धलाई जनस्तरबाटै राम्रो बनाउँदै बिश्व शान्ति स्थापनाको लागि सगै अगाडि बढ्नुपर्नेमा बताए ।
दुई देशको सम्बन्भ महत्वपूर्ण रहेको बताउदै डा. सोमिता गौतम बुद्धको जन्मस्थल लुम्बनीको भ्रमण गर्ने र नेपाल शान्ति भूमि रहेको म्यानमार भर प्रचार गर्ने बताए ।
सो अवसरमा संबिधानसभा सदस्य मिलनकुमारी राजबंशी, शान्ति र बिकासका लागि अन्तरधार्मिक सङ्घ नेपालका अध्यक्ष एवम् त्रिबीको बुद्धिष्ट अध्यापन केन्द्रका पूर्व अध्यक्ष प्रा.डा. मिलनरत्न शाक्य, तङ ईल मोदो सङ्घ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेल, बिश्व शान्ति तथा एकिकृत परिवार सङ्घ नेपालका अध्यक्ष प्रकाशबाबु थापा शाक्य फाउन्डेसनका कोषाध्यक्ष राजकाजी शाक्य लगायतले अन्तरधार्मिक समन्वयबाट मात्र बिश्वमा शान्ति कार्यम गर्न सकिने बताए ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन आफ्नो संस्थाले उनीहरुलाई निमन्त्रण गरेकोे महासचिव बिनोद डाँगीले जानकारी गराए ।






