काठमाडौं,
पुष २४ ।
पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशभरिकै मौसम बदली भइरहेको छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ । शुक्रबार काठमाडौंसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।






