समाजसेवी हिरालाल श्रेष्ठ सम्मानित

हेटौंडा,
पुष २३ ।

हेटौंडा-१८ फुर्केचौरमा रहेको गोरक्षश्वर माध्यमिक विद्यालयले व्यवसायी तथा समाजसेवी हिरालाल श्रेष्ठलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले श्रेष्ठलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

बिगत लामो समयदेखि शैक्षिक क्षेत्र र यातायात क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोले श्रेष्ठलाई मंगलबार एक कार्यक्रमकाबीच विद्यालय प्राङ्गणमा सम्मान गरिएको हो ।

बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी यातायात व्यवसायी सङ्घका सहकोषाध्यक्ष कपिलबहादुर बानियाँ, प्रधानाध्यापक योगराज खतिवडा, संस्थापक सुरेन्द्रराज बानियाँ, समाजसेवी मुकुन्द थापा साथै अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शैलेन्द्रराज बानियाँ श्री गोरक्षनाथ सामुदायीक बन उपभोक्ता समूहको पनि नवनियुक्त अध्यक्ष हुन् ।

यसमा तपाइको मत

अन्य समाचार