बुटवल,
पुष २३ ।
‘भ्वाइस अफ बुटवल’को उपाधि सिद्धर्थ गैरेले चुमेका छन् । बुटवलमा सञ्चालित आधुनिक गायन प्रतियोगिता ‘भ्वाइस अफ बुटवल’को उपाधि सिद्धार्थ गैरेले जित्न सफल भएका हुन् ।
बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित औद्योगिक ब्यापार मेलामा सिद्धार्थले भ्वाइस अफ बुटवलको उपाधि जितेका हुन् । फाइनलमा वर्षा ज्ञवाली दोस्रो, सन्दीप मगर तेस्रो भए । अन्जली थारु र सागर घिमिरेले सान्त्वना पुरस्कार पाए । ३२ जनाले अडिसनमा भाग लिएकोमा २० जना प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
उपाधि विजेतालाई मेला आयोजक बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालले क्रमशः ६५ हजार ५ सय ५५, ३५ हजार ५ सय ५५,२५ हजार ५ सय ५५ तथा सान्त्वना हुने दुई जनालाई १० हजार ५ सय ५५ रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरेका थिए ।






