काठमाडौं,
पुष २१ ।
नेपाल सरकारको मन्त्री परिषद् बाट साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को महाप्रबन्धकमा नियुक्त भएका अशोककुमार प्यासी राईले सोमवार आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रिय नाचघरमा रहेको महाप्रबन्धकको कार्यकक्षमा उनले आफ्नो पदभार सम्हालेका हुन् ।
संस्थानका कर्मचारीहरुले उनको स्वागत गर्दै संस्थानको वारेमा संक्षिप्त जानकारी समेत गराएका छन् । आफ्नो पदभार सम्हाल्दै महाप्रबन्धक राईले साँस्कृति संस्थानलाई राष्ट्रको एक मात्र उत्कृष्ट साँस्कृतिक संस्थान बनाउने कार्यमा आफु लागि पर्ने बताए ।
गत साउनदेखी रिक्तहुर्दै आईरहेको साँस्कृतिक संस्थानको महाप्रबन्धकमा उनलाई नेपाल सरकारको मन्त्री परिषद्ले चार बर्षको लागि गत बिहिबार नियुक्त गरेको थियो ।
अन्नपूर्ण पोस्ट दैनिकमा सुरुआतीदेखि नै कार्यरत राईले पत्रकारिता क्षेत्रमार्फत कला र संस्कृतिको आवाज उठाउँदै आएका थिए । ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ का राईले एक्शन इन्टरटेनमेन्ट मार्फत प्रतिभा भएकाहरुलाई प्लेटफर्म दिने कार्य गर्दै आएका छन् ।






