यस्तो आयो ‘साङ्लो’को अफिसियल ट्रेलर

काठमाडौं,
पुष १८ ।

चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा अभिनेता भट्टको एक्सन अवतार देखाइएको छ । चलचित्रको ट्रेलरले दर्शकमाझ कौतुहलता जगाउने विश्वास निर्माण टिमलाई छ । पुर्व मिस नेपाल निकिता चाण्डक बिराजको अपोजिटमा देखिएकी छिन् ।

बिराज भट्ट स्वयम्को निर्माण तथा निर्देशन रहेको चलचित्रले किड्नी तस्कीरको कथा उठान गरेको छ । आगामी माघ २४ गतेदेखि देशभरका सिनेमा घरमा आउने तयारीमा रहेको चलचित्रलाई विराजको सुखद कमव्याकको रुपमा समेत हेरिएको छ । एक्सन, लभस्टोरी चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद, बिराज स्वयम्को कथा रहेको छ ।
तेजबहादुर खड्का निर्माताको रुपमा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सुरेश अधिकारीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार