दोहा मोरङ सुनसरी सेवा समाज (मोसु) को सातौं शाखा साउदी अरवमा

सरोज बास्तोला
दोहा,
पुष १८ ।

दोहा मोरङ सुनसरी सेवा समाज (मोसु) को सातौं शाखा साउदी अरवमा स्थापना भएको छ । नेपाल वाहिर कार्यरत मोरङ सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरङ सुनसरी सेवा समाजको सातौ शाखा साउदी अरवमा १ जनवरी २०२० का दिन स्थापना भएको हो ।

मोरङ जिल्ला प्रशासन कार्यलयमा दर्ता भई वैदेशिक रोजगार, व्यवसाय र अध्ययनका लागि नेपाल वाहिर वसोवास गर्ने मोरङ र सुनसरी जिल्लावासीहरुको साझा संस्था सन् २००१, मार्च २ मा कतारमा स्थापना भएको थियो ।
सो संस्थाको सातौं शाखाको रुपमा साउदी शाखा स्थापना भएको जानकारी मोरङ सुनसरी सेवा समाजका केन्द्रिय अध्यक्ष लोकवहादुर तामाङले जानकारी दिएका छन् ।

शाखा साउदी अरवको संस्थापक संयोजकमा सुनसरी ईटहरीका हेम सुवेदी रहेका छन् । उपाध्यक्षहरु देशवहादुर खड्का, गणेश पोखरेल, सचिव सुजनसेर राई, कोषाध्यक्ष राज लिम्वु रहेका छन् भने सदस्यहरुमा पुरुसोत्तम दाहाल, कुमार आचार्य, सुरेन्द्र मोक्तान, प्रेम सुवेदी, नेत्र खतिवडा र राजेन्द्र लिम्वु रहेकाछन् । त्यसैगरि पाँच सल्लाहकारहरु समेत चयन गरिएको छ । जसमा कुमार कार्की, विमल गौतम, घनेन्द्र आम्वुहाङ, नगेश तामाङ र समिर लिम्वु रहेका छन् ।

मोसुले सामाजिक क्षेत्रमा कार्य गर्दै विदेशमा सिकेको सिप, पुँजी र प्रविधिलाई नेपालमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ । मेरङ र सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक अभियान सञ्चालन गर्दै आईरहेको यो संस्थाले उद्यमशिलता विकास र व्यक्तित्व विकासलाई जोड दिदैं आएको छ । विदेशमा रहेका नेपालीहरुले सिकेको सिप र कमाएको पुँजीलाई एकिकृत गरि विभिन्न व्यवसायिक संस्थाहरु स्थापना गरि सदस्यहरुको जीवनस्तर उकास्ने कार्यलाई तदारुकताका साथ अगाडी वढाउदै आएके छ ।

संस्थाका सदस्यहरुको अग्रसरतामा Trade भिजन ईन्भेटमेण्ट प्रालि, टिम अफ ट्रष्ट वहुउद्देश्यिय कृषि फार्म, सुविधा वचत तथा ऋण सहकारी, रोजगार वचत तथा ऋण सहकारी, आत्मनिर्भर कृषि सहकारीलगायतका व्यवसायिक प्राईभेट र पव्लिक संस्थाहरु सञ्चालन गरिरहेका छन् ।

यसका अलावा मोरङ सुनसरी सेवा समाजले एम्वुलेन्स सञ्चालन, आँखा उपचार शिविर, शैक्षिक कोष सञ्चालन गरि सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आईरहेको छ ।

हाल यस संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीवाट सञ्चालन छ भने स्थानिय निकायसँगको सहकार्यमा आफ्नै भवन निर्माणको प्रकृयालाई अघि वढाएर कार्य थालनी गरेको छ ।

मोसु शाखा साउदीले समेत यिनै गतिविधिहरुलाई ध्यानमा राखेर संस्थाको उद्देश्य हासिल गर्न कार्य गर्ने कुरा संयोजक हेम सुवेदी र सचिव सुजनसेर राईले बताए ।

यसमा तपाइको मत

अन्य समाचार