गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा,
पुष १५ ।

आज गुरुङ समुदायको महान पर्व तमु ल्होसार । आज तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

पुस ९ गते बसेको प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा पुस १५ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तमु ल्होसारका अवसरमा गत वर्ष पनि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।

गण्डकी प्रदेश र केही स्थानीय तहले तमु ल्होसारमा विदा दिएका भएपनि संघीय सरकारले भने विदा दिने निर्णय गरेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार