‘आदिवासी विद्रोहको इतिहास’ लोकार्पण

काठमाडौं,
पुष १३ ।

‘आदिवासी विद्रोहको इतिहास’ लोकार्पण गरिएको छ । लेखक/अन्वेशक राजकुमार दिक्पाल लिखित अनुसन्धानमूलक कृति  ‘आदिवासी विद्रोहको इतिहास’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको हो ।

नेपाली वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा प्रज्ञा भवनमा आयोजित समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, लेखककी आमा चन्द्रमाया मुदेनछोङ साँवा, प्राज्ञ दिनशेराज पन्त, डा. चैतन्य सुब्बा, डा. कृष्ण भट्टचन, अजम्बर काङमाङ, खगेन्द्र राईलगायतका उपस्थित अतिथिहरूले पुस्तकको सामूहिक लोकार्पण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि काइँलाले दिक्पालको पुस्तक प्रकाशन हुनुले हरेक आदिवासीका लागि उदाहरणीय काम भएको विचार व्यक्त गरे ।

पुस्तकबारे समीक्षा गर्दै डा. कृष्ण भट्टचनले नेपालमा आदिवासी विद्रोहका इतिहास खोतल्ने प्रयास गरेर लेखकले सम्पूर्ण आदिवासी समुदायमा ठुलो गुन लगाएको बताए । कृतिका लेखक दिक्पालले ‘आदिवासी विद्रोहको इतिहास’ लेखनका सन्दर्भका बारे बोलेका थिए ।

कार्यक्रममा इतिहासकार प्रा. दिनेशराज पन्त, डा. चैतन्य सुब्बा, विष्णु यक्सो, शशी लुमुम्बू, मञ्जरी प्रकाशनका अध्यक्ष लक्ष्मण गाम्नागे, टीका चाम्लिङ, विश्व लिम्बूलगायत वक्ताले पुस्तकको प्रशंसा गर्दै यो कर्म आदिवासी विद्रोहको इतिहासबारे लेखनको सुरुवात भएको भन्दै पूरा गर्ने काम सम्बन्धित सबैको भएको धारणा व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार