वनिता लघुकथा विशेषाङ्क विमोचन एवम् सम्मान

काठमाडौं,
पुष १२ ।

वनिता साहित्यिक त्रैमासिकले आफ्नो ७७ औं अङ्क नारी जीवनका लघुकथाको विशेषाङ्कका रुपमा प्रकाशित गरेको छ । यसै क्रममा यही पौष १० गतेका दिन काठमाडौं, मण्डिखाटारमा सो अङ्कको विमोचन भयो ।

वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ सरितको सञ्चालनमा सो कार्यक्रम सञ्चालन भएको थियो ।

वनिता परिवारको तर्फबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा लघुकथाकार डा. पुष्करराज भट्टलाई वनिता लघुकथा सम्मान २०७६ प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाको बारेमा लघुकथाकार नारायण तिवारीले मन्तव्य राख्नुभएको सो समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा. पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राख्नुभएको थियो ।

सो समारोहमा कार्यक्रमको सभाध्यक्ष रहनुभएकी रञ्जुश्री पराजुलीले वनिता त्रैमासिक मार्फत पुरस्कार प्रदान गर्ने गरी रु. एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको थियो । सो पुरस्कार हरेक वर्ष एकजना साहित्यिक प्रतिभालाई प्रदान गरिने समेत उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार