हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं,
पुष ५ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) पनि पश्चिमी वायूको प्रभाव पर्ने हुँदा देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

आज दिउँसो देशको पश्चिमि भूभागलगायत मध्य तथा पूर्वी पहाडी भुभागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भुूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार