काठमाडौं,
पुष ४ ।
सरु गौतम र सुभाष पुरीको स्वरमा रहेको गीत ‘जाउँन माया भागेर…’ सार्बजनिक भएको छ । कुमार कटुवालको शब्द, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
द कार्टुन क्रिउका सरोज अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा सरोजसँगै, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइै फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।






