काठमाडौं,
पुष ४ ।
सर्वाधिक लोकप्रिय गायक राजेशपायल राईका साथमा चर्चित पूर्वेली लोकगीत ‘डाली घाँसैमा’ र ‘मै दुःखी चेली’ गीतबाट चर्चामा आएकी गायिका डेनी इम्सङ देवान नयाँ लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ’को भिडियोसहित आएकी छिन् ।
विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् ।भडियोलाई मणिराज देवानले निर्माण गरेका हुन् ।






