उदित नारायण झाको स्वरमा ‘साँच्चै यो दिल भित्र…’ भिडियोसहित)

काठमाडौं,
मंसिर २७ ।

उदित नारायण झाको स्वरमा रहेको नेपाली गीत ‘साँच्चै यो दिल भित्र…’ सार्वजनिक भएको छ । जेबी समयोगीको शब्द, मनोज सिंहको सङ्गीत र किरण कँडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

समन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा विमलेश अधिकारी र रिमा विश्वकर्मालाई फिचरिङ गरिएको छ ।
विदुर पाण्डेको छायाँकन र प्रकाश तुलाधरको सम्पादन रहेको गीतको भिडियोलाई भकारी एमडीसी मार्फत सार्वजनिक गरिएको हो ।

एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ हामीले प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि स्रोता/दर्शकको माया पाउनेमा आशावादी छौ’ भकारी एमडीसीका अध्यक्ष तथा गीतकार वसन्त वित्यासी थापाले भने ।

यसमा तपाइको मत

अन्य समाचार