अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

काठमाडौं,
मंसिर २७ ।

‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले लन्डनमा जारी मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी छिन् । सामाजिक सन्जाल मार्फत अनुष्काले भोटिङका आधारमा हुने मल्टिमिडिया अवार्ड आफुले जितेको जानकारी दिएकी हुन् ।

यही १४ डिसेम्बेर १४ अर्थात भोली शनिवार ‘मिस वर्ल्ड’को फाइनल हुदैछ। १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीतमा नेपालको प्रतिनिधित्व अनुस्काले गरिरहेकी छिन् । अनुष्काले हेड टू हेडमा समेत जित हात पार्दै टप ४० मा स्थान पक्का पारिसकेकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार