दानदासलाई थेम्मृङ पत्रकारिता पुरस्कार

काठमाडौं,
मंसिर २३ ।

यस वर्षको थेम्मृङ पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार दानदास श्रेष्ठलाई प्रदान गरिएको छ ।  श्रेष्ठले पत्रकारितामार्फत समाज र राष्ट्रको विकासमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै सो सम्मान दिइएको हो ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका श्रेष्ठ हाल स्वतन्त्र सञ्चारग्राम साप्ताहिकका सम्पादक रहेकाछन् । ठिमीको लिच्छविकालिन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको हरेक अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई प्रोत्साहनस्वरूप पुरस्कार दिँदै आएको छ । सो अवसरमा ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तथ्यगत रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा भक्तपुरमा दैनिक पत्रिकाको आवश्यकता र भक्तपुरमा पत्रकारिता अध्यापन गराउने कलेजको सङ्ख्यामा बृद्धि भएकोदेखि व्यावसायिक तथा पूर्णकालिन पत्रकारिता गर्नेलाई प्राथमिकता दिनुपर्नेलगायतका विषयमा चर्चा गरिएको थियो ।

समारोहमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष रामगोपाल तमखुलगायतले आ-आफ्ना भनाई राखेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार