‘भिआईपी’ लिएर आइन रिता (भिडियोसहित)

काठमाडौं,
मंसिर १९ ।

रिता तामाङको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘भिआईपी’ सार्वजनिक भएको छ । राजधानीको अनामनगरमा एक कार्यक्रमबीच गायक धिरज राईको प्रमुख अतिथ्यतामा गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त कार्यक्रममा गायक हिमाल सागर तथा नायक एवम निर्देशक जय किशन बस्नेतको समेत उपस्थिती रहेको थियो । सार्वजनिक भएको भिडियो र गायिका एवम् मोडल रिता तामाङको सफलताको लागी सहभागी अतिथीहरुले शुभकामना दिएका थिए ।

गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको निर्देशनमा योदिन सम्बाहाम्फेको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको गीतको भिडियोमा रिता तामाङको जोडीको रुपमा सुशिल गिरीले भूमिका निर्वाह गरेका छन् भने श्रीराम श्रेष्ठ, आरती खत्री, हरि शरण गिरी, सुजन गिरी र बिनोद गिरीको पनि विशेष भूमिका रहेको छ ।

भिडियोको सार्वजनिक कार्यक्रम यमन इभेन्ट मेनेजमेन्टकी अध्यक्ष पारिजात बरालको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार