काठमाडौं,
मंसिर १६ ।
वेब सिरिज ‘लभ यू’ बन्ने भएको छ । म्य्जिक भिडियो निर्देशनको अनुभव सङ्गालिसकेका मनोज विस्टले यो वेब सिरिजको निर्देशन गर्दैछन् । यसको कथा मन्दिप गौतमले लेखेका हुन् । उनी अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ का लेखक समेत हुन् ।
छिट्टै छायाँकनमा जान लागेको ‘लभ यू’ वेब सिरिज च्यानल फोरबाट प्रशारण हुनेछ । भने, एमवी क्रिएशनमार्फत् युट्युबमा हेर्न सकिनेछ ।
युवा अवस्थाको प्रेमलाई आधार बनाएर निर्माण हुन लागेको यो वेब सिरिजमा दिव्य दाहाल, रविन विष्ट, सरिता थापा, सुमन घिमिरे, दीपिका दाहाल, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहनेछ । यसमा दिव्य र सरिताको जोडी बाँधिएको छ । दिव्यले यसअघि केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयको थप अनुभव हासिल गर्न वेब सिरिजमा हात हालेको उनको भनाई छ ।
चाँडै नेपाली चलचित्रमा समेत डेब्यू गर्न लागेका दिव्य ‘लभ यू’ वेब सिरिजले दर्शकको मन जित्नेमा आशावादी छन् । उनी भन्छन्, ‘पछिल्लो समय वेब सिरिज दर्शकको रोजाई बन्न थालेको छ । ‘लभ यू’ लाई पनि मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु । यसमा मैले लभर ब्वाईको भूमिका निभाउँदैछु ।’ निर्देशक विष्टले वेब सिरिजको प्रत्येक नयाँ श्रृङ्खला मंगलबार टिभीमा प्रशारण भएपछि युट्युबमा सार्वजनिक हुने बताए ।






